सातामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

Apr 10, 2021 07:10 PM Merolagani

यस साता नेप्से परिसूचक १.६१ प्रतिशत बढेको छ। गत साता २६३१.८९ विन्दुमा बन्द भएको नेप्से, यस साता ४२.४६ अंक बढेर २६७४.३५ विन्दुमा बन्द भएको छ।

यस साता तीन कारोबार दिन नेप्सेले दैनिक नयाँ रेकर्ड कायम गरेको थियो। साताको पहिलो, दोस्रो र तेस्रो कारोबार दिन नेप्सेले निरन्तर नयाँ रेकर्ड बनाएको हो। यस साता नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यस साता सेन्सेटिभ फ्लोट इण्डेक्स १०.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.०३ अंक र सेन्सेटिभ इण्डेक्स ३.२० अंक बढेको छ।

यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। यस साता ३ करोड ९३ हजार ४३ पटकको कारोबारमा ३७ अर्ब ६० करोड रुपैयाँ बराबरको ८ करोड १ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस साता लगानीकर्ताहरुको सम्पत्ती १.८५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३६ खर्ब ३५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता ६७ अर्ब रुपैयाँ बढेर ३७ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ।

यस साता कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १५.४७ प्रतिशत बढेको छ। गत साता ३५७५.३१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ५५३.१५ अंक बढेर ४१२८.४६ विन्दुमा बन्द भएको छ।

त्यस्तै, यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १५.०५ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४६३८.४५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक ६९८.२० अंक घटेर ३८४०.२५ विन्दुमा झरेको हो।

यस साताको फ्लोरसिट अध्ययन गर्दा, एनआईसी एशिया लघुवित्त, मल्टीपर्पस फाइनान्स, बोटलर्स नेपाल (तराई), लक्ष्मी बैंक लिमिटेड लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्।

त्यसैगरी, यस साताको मोस्ट पपुलर सेल स्टकको सूचीमा रैराङ्ग हाइड्रोपावर, सनराइज फस्ट म्युचुल फण्ड, एनएमबि ५०, सर्पोट माइक्रोफाइनान्स लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।