कामना सेवा विकास बैंकको खुद नाफा उल्लेख्य बढ्यो

Apr 18, 2021 06:15 AM Merolagani



कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि खुद नाफा बढ्न टेवा पुगेको हो। समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ५८ लाख ४२ हजार रुपैयाँबाट बढेर ३८ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.०८ प्रतिशत बढेको छ। इम्पेरमेन्ट चार्ज ७६.५५ प्रतिशत घटेसँगै सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि देखिएको हो।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ रुपैयाँ १६ पैसा बढेर २९ रुपैयाँ ४७ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ३५ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.३७ प्रतिशतविन्दु घटेको छ भने आधार दर ३.७१ प्रतिशतविन्दु र स्प्रेड ०.३८ प्रतिशतविन्दु घटेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा बैंकको चुक्ता पूँजी ४.४० प्रतिशत बढेको छ भने जगेडा कोष ७७.१६ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको निक्षेप २३.०१ प्रतिशत र कर्जा ४१ प्रतिशत बढेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।