धनी व्यक्तिहरूकाे साेच प्रष्ट्याउने पुस्तक 'हाउ रिच पिपल थिंक' काे सारंश

Apr 21, 2021 07:01 PM Merolagani

हरेक बुधबार अर्थसँग सम्बन्धित पुस्तकहरुको समीक्षा गर्ने क्रममा आज हामीले स्टिभ साइबोल्डद्वारा लिखित पुस्तक ‘हाउ रिच पिपल थिंक’ को समीक्षा लिएर आएका छौँ।

यस पुस्तकले धनी व्यक्तिहरुले कसरी सोच्छन्? भन्ने कुरा सिकाउँछ। जब सम्पत्तीको कुरा आउँछ, यसले मध्यम वर्गको विचार, बानी र दर्शनहरुलाई विश्व वर्गसँग तुलना गर्दछ। भिन्नता जति धेरै छन् त्यति नै चरम छन्। रणनीति सामान्य छः धनी व्यक्तिहरु कसरी सोच्छन् त्यो सिक्नुस्, त्यसको नक्कल गर्नुस्, कार्य गर्नुस् र धनी बन्नुस्।

यो पुस्तक धेरै प्रभावकारी छ। यो करोडपतिसँग साक्षात्कारको एक चौथाई शताब्दीमा आधारित छ। यो अनफिल्टर्ड, राजनैतिक गलत भाषामा लेखिएको छ जसले मूख्य बुँदालाई प्रष्ट र सजिलै अनुशरण गर्न सक्ने बनाउँछ। यस पुस्तकका लागि साक्षात्कार गरिएका सयौँ करोडपतिहरुसँग आफ्नो रहस्य साझा गर्दा कुनै फाइदा छैन न त आफ्ना सुझावहरुलाई कसी लगाउनु कुनै रुची छ। यी व्यक्तिहरुलाई स्टिभलाई उनीहरुको जीवनशैली र खेलमैदान, पाल्म बीचदेखि अस्पेनसम्म, सम्म अभूतपूर्व पहुँच दिएको छ। स्टिभ धनीहरुले कसरी सोच्छने भन्ने विषयमा कच्चा र अनसेन्सर्ड सत्यहरु खोजिरहेका थिए, र उनीहरुले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा ती कुराहरु भन्न सहमत भए।

स्टिभले उनीहरुको विचारलाई आफ्नो विचारसँग मिसाए र त्यसको परिणाम हो यो पुस्तक। इमान्दारितापूर्वक भन्नुपर्दा यसले केही व्यक्तिलाई आश्चर्यचकित पार्नेछ भने कसैलाई प्रोत्साहित गर्दछ। यदि तपाई चलचित्रमा देखिएजस्तै जीवन बिताउन चाहनुहुन्छ भने यस पुस्तकलाई वैज्ञानिक जस्तै गरी पढ्नुहोस्। वित्तीय चिन्ताहरुबाट मुक्ति र करोडपतिको जीवनशैली तपाईको सोचभन्दा धेरै नजिक छ।

गुमाउने डर र भविष्यको अनिश्चितताद्वारा निर्देशित, आम मानिसहरु आफ्नो पैसा कसरी सुरक्षित गर्ने र होर्ड गर्न केन्द्रित गर्नेछ।

जब विश्वका विचारकहरु बचत तथा लगानीको महत्व बुझ्छन्, उनीहरु आफ्ना सम्पूर्ण मानसिक शक्तिलाई मानिसहरुको सेवा गर्दै र उनीहरुको समस्या समाधान गरी धन संकलन गर्नतर्फ निर्देशित गर्नेछन्।

मध्यमवर्गीय व्यक्तिहरु बचतमा जोड दिन्छन्, विश्व वर्ग कमाउनमा केन्द्रित हुन्छन्।

स्वयम् निर्मित धनी व्यक्तिहरु जोखिम लिन डराउँदैनन्, किनभने यदि उनीहरु त्यसलाई गुमाउँछन् भने उनीहरुलाई त्यसलाई पुनः प्राप्त गर्न सक्छन् भन्ने थाहा हुन्छ। जब मध्यम वर्गिय आफुलाई धनी बनाउने साना लगानीहरुको खोजी गरिरहेका हुन्छन्, तब विश्व वर्ग भाग्यको एक चाङ्ग आफुले प्रदान गरेका सेवाहरुमार्फत आउनेछ भन्ने थाहा पाइ विवेकपूर्ण लगानी गर्छन्।

तपाईको अहिलेको वित्तीय अवस्थाले तपाईलाई आफ्नो विगतको सोचबारे जानकारी दिन्छ। यदि तपाई धनी हुनुहुन्छ भने तपाई जसरी सोचिरहनु भएको छ, त्यसरी नै सोचिरहनुस्। यदि होइन भने, त्यसलाई परिवर्तन गर्ने समय भएको छ।

‘पैसा नै शक्ति हो र तपाईसँग यो हुनु यथोचित महत्वकांक्षी हुनुपर्छ,’ रसल कोन्वेल भन्छन्।

मध्यम वर्ग पैसाको बारेमा सिधा सोच्छन्....... विश्व वर्गले पैसाको बारेमा त्यसरी सोच्दैनन्।

धनीहरुलाई थाहा छ कि धेरै धन प्राप्त गर्न फरक तरिकाले सोच्नुपर्छ भन्ने थाहा छ। महान व्यक्तिहरु समस्या समाधान गर्ने उपायबाट पैसा कमाउन निपूण हुन्छन्। उनीहरुलाई महसुस हुन्छ कि जसरी उपायहरुको कुनै सीमा हुँदैन, त्यसरी नै उनीहरुले कति पैसा कमाउन सक्छ भन्नेको पनि कुनै सीमा छैन।

केही मानिसहरु पैसाको बारेमा चिन्तित भएर आफ्नो मानसिक शक्तिको केही हिस्सा खेर फाल्छन्, जबकी च्याम्पियनहरु दैनिक धनी बन्नका लागि निडरतापूर्वक केन्द्रित हुन्छन्।

‘सम्पूर्ण अमेरिकाको प्राथमिक आवश्यकता भनेको पैसा बनाउनु हो–त्यसपछि पैसाबाट पैसा बनाउने–त्यसपछि धेरै पैसाबाट अझ धेरै पैसा बनाउने’–पल इर्दमन।

सँधै पहिला स्पष्ट, सरल, रैखिक समाधानको लागि हेर्नुहोस्। यदि त्यसले काम गरेन भने अस्पष्ट, असरल र गैर रैखिक समाधानको लागि दिमाग लगाउन शुरु गर्नुहोस्।

मध्यम वर्गहरु धन बनाउन कडा परिश्रममा विश्वास गर्छन्..... विश्व वर्ग लाभले धन सिर्जना गर्छ भन्ने विश्वास गर्छन्।

यदि कडा परिश्रम वित्तीय सफलताको सुत्र हुँदो हो भने, हरेक ज्यामी र वेटरहरु धनी हुन्थे। धनीहरु रणनैतिक रुपमा आफ्ना प्रयासहरु आफ्नो व्यवसायको ति क्षेत्रहरुमा केन्द्रित गर्छन्।

औषत मानिस जीवनको हितोपदेश स्लट मेसिनमा खेलिरहन्छ जबकि धनीहरु स्लट मेशिनको स्वामित्व ग्रहण गर्दछ।

लिभरेज भएका मानिसहरु कम लिभरेज भएका मानिसहरुमाथि प्रभुत्व हुन्छ। अर्को शब्दमा भन्दा, जसरी मानिसहरु विभिन्न उपकरणहरु प्रयोग गरी जनावरहरुमाथि कब्जा जमाएको छ, त्यसैगरी, जो व्यक्तिसँग लिभरेजको उपकरण हुन्छ, उनीहरु अन्य व्यक्तिहरुमाथि नियन्त्रण गर्दछन्। सामान्य भाषामा भन्दा, ‘लिभरेज शक्ति हो’ रोबर्ट कियोसाकी भन्छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।