लघुवित्त कम्पनीहरुले यसरी उठाए सस्तो ब्याजदरको फाइदा, अधिकांशको नाफामा उच्च वृद्धि

May 18, 2021 08:25 AM Merolagani



  • रबिन पाैडेल

चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको ब्याजदर सस्तो हुँदा त्यसको फाइदा लघुवित्त कम्पनीहरुले पनि उठाएका छन्। ब्याजदर सस्तो हुँदा लघुवित्त कम्पनीहको नाफामा आकर्षक बृद्धि देखिएको छ।

तेस्रो त्रैमासमा बैंक, विकास बैंक तथा फाइनान्सको भन्दा माइक्रोफाइनान्सको नाफा राम्रो देखिएको छ। अधिकांश बैंक तथा वित्तीय संस्थाको खुद ब्याज आम्दानी घट्दा माइक्रोफाइनान्सहरुको भने यस्तो आम्दानी उच्च दरले बढेको छ।

बैंकहरुले मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी बढाउन नसक्दा उनीहरुले अन्य आम्दानीका बाटोहरु खोज्दै नाफा बढाएका छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानीभन्दा पनि अन्य स्रोतमार्फत हुने आम्दानी धेरै बढेको छ।

तर, लघुवित्तहरुमा भने फरक अवस्था देखिन्छ। सबै लघुवित्तहरुको खुद ब्याज आम्दानी उच्च दरले बढेको छ भने त्यसले खुद नाफा पनि बढ्न सहयोग पुर्याएको छ। तेस्रो त्रैमासमा सबै लघुवित्त कम्पनीहरुको नाफा उच्च दरले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५० लघुवित्तको औषत नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ५० लघुवित्तले ३ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन्।

तेस्रो त्रैमासमा मात्रै होइन दोस्रो त्रैमासमा पनि लघुवित्तहरुको नाफा बढेकै अवस्था छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त कम्पनीहरुको नाफा केहि घटेको भए पनि दोस्रो त्रैमासदेखि नै नाफामा उच्च वृद्धि देखिएको थियो।

तेस्रो त्रैमासमा खासगरी पुराना ब्याजहरु पनि उठेको र वाणिज्य बैंकहरुको ब्याजदर पनि कम हुँदा नाफा बढ्न सहयोग पुगेको लघुवित्त बैंकर्स एसाेशियसनका अध्यक्ष बसन्त लम्साल बताउछन्।

"बाँकी ब्याजहरु पनि बिजनेस नर्मल हुँदै जाँदा रिकभरी बढ्यो र बैंकको ब्याजदर कम हुँदा पनि नाफा बढ्न सहयोग पुग्यो," उनले भने।

लघुवित्त कम्पनीहरुले वाणिज्य बैंकहरुबाट सापटी लिएर कर्जा लगानी गर्ने गर्छन। यसले गर्दा बैंकको ब्याजदर कम हुँदा लघुवित्तहरुको पनि लागत कम हुन्छ। जसकाे कारण नाफामा सकारात्मक असर पर्ने गर्छ।

अन्य क्षेत्रको तुलनामा राम्रो वित्तीय विवरण आएको कारण लघुवित्त कम्पनहरुमा लगानीकर्ताको आकर्षण समेत बढेको देखिन्छ। चैतयता लघुवित्त कम्पनीहरको शेयरमूल्य औषतमा ३५.९३ प्रतिशतले बढेको छ।

पछिल्लो समय लघुवित्त कम्पनीहरुको नाफा बढी देखिएपछि लघुवित्त कम्पनीहरु पनि विभिन्न छुट सुविधा दिनेतर्फ अघि बढेको लम्साल बताउछन्। 'पछिल्लाे समय लघुवित्तहरुले पनि छुट सुविधा दिने कुराहरु गरिरहेको छन्,' उनले भने, 'धेरै नाफा देखिँदा हाम्रो इमेजको कुरा पनि भयो, यसले गर्दा केहि घटाउनुपर्छ भनेर लागिरहेका छौ।'

अहिले लघुवित्त कम्पनीहरुको खराब कर्जा अघिल्लो त्रैमासकाे तुलनामा खासै बढेको छैन। राष्ट्र बैंकले दिएको सुविधाको कारण अहिले खराब कर्जा कति छ भन्ने नै यकिन नभएको लम्साल बताउछन्। चैत मसान्तसम्ममा लघुवित्तहरुको खराब कर्जा औषतमा ३.२७ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा २.३२ प्रतिशत थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खराब कर्जा ३.०९ प्रतिशत थियो भने दोस्रो त्रैमासमा ३.४२ प्रतिशत थियो।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।