गत साता नेप्से र कारोबार रकममा नयाँ रेकर्ड बनेको बजार यस साता के होला?

May 30, 2021 08:05 AM Merolagani



गत साता नेप्से र कारोबार रकम दुबैले नयाँ रेकर्ड बनाएको थियो। साताको दोस्रो कारोबार दिन नेप्से, २८२३.४० विन्दुमा बन्द भइ नयाँ अलटाइम हाइ क्लोज बनाएको थियो। त्यसैगरी, साताको अन्तिम कारोबार दिन कारोबार रकमले नयाँ रेकर्ड बनाएको थियो। सो दिन बजार १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

गत साता नेप्से परिसूचक १ प्रतिशत बढेर बन्द भयो। अघिल्लो साता २७८७.१८ विन्दुमा बन्द भएको नेप्से, गत साता २८.२१ अंक बढेर २८१५.३९ विन्दुमा बन्द भएको छ। जुन अलटाइम हाइभन्दा ८.०१ अंक कम हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २९५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २७०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूममा पनि उल्लेख्य सुधार भएको छ। गत साता दैनिक औषतमा १२ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकि नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम १००.६९ प्रतिशत बढी हो।

नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएका कारण बजार अहिले बलियो अवस्थामा रहेको लगानीकर्ताहरुको विश्लेषण छ।

विकास बैंक उपसमूह

गत साता दुई उपसमूहको परिसूचक ८ प्रतिशतभन्दा बढी बढेको थियो। जसमध्ये एक हो विकास बैंक उपसमूह। गत साता सो उपसमूहको ८.४१ प्रतिशत बढेको थियो। अघिल्लो साता ३१८२.३१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता २६७.७९ अंक बढेर ३४५०.१० विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ३७०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ३१०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको छ। जसले बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।