सातामा करिब साढे १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jun 05, 2021 02:01 PM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। गत साता २८१५.३९ विन्दुमा बन्द भएको नेप्से, यस साता १.४७ प्रतिशत अर्थात ४१.३७ अंक बढेर २८५६.७६ विन्दुमा पुगेको छ।

साताको अन्तिम कारोबार दिन नेप्से हालसम्मकै उच्च विन्दुमा बन्द भएको हो। बजार खुलेका ५ दिनमध्ये ३ दिन उकालो लाग्दा नेप्सेले सो बराबरको अंक कमाएको हो। नेप्सेले नयाँ नयाँ रेकर्ड बनाइरहँदा दोस्रो बजारका लगानीकर्ताहरु उत्साहित भएका छन्।

यस साता सेन्सेटिभ इण्डेक्स ९.४१ अंक बढेर ५१३.११ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स ३.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.४४ अंक बढेको छ।

साताको सूचक वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ। यस साता करिब ७ लाख पटकको कारोबारमा ६७ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको १५ करोड कित्ता शेयर खरिदबिक्री भएको छ। यो हालसम्मकै बढी साप्ताहिक कारोबार हो। गत साता ५० अर्ब ७७ करोडको शेयर कारोबार भएकोमा यस साता कारोबार रकम ३३.५२ प्रतिशत बढेको हो।

गत साताको तुलनामा नेप्सेको कुल बजार पूँजीकरण आधा अर्बभन्दा बढी बढेको छ। गत साता ३९ खर्ब ६ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण यस साता बढेर ३९ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १७.६७ प्रतिशत बढेको छ। गत साता १६५०.८३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता २९१.६८ अंक बढेर १९४२.५१ विन्दुमा पुगेको छ।

अंकका आधारमा भने यस साता विकास बैंकको परिसूचक सर्वाधिक बढेको छ। यस साता सो उपसमूहको परिसूचक ६००.२२ अंक बढेर ४०५०.३२ विन्दुमा पुगेको छ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.४६ प्रतिशत अर्थात २४४.०३ अंक घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा, यस साताको मोस्ट पपुलर बाइ स्टकको सूचीमा गोर्खाज फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, ग्रामिण विकास लघुवित्त लगायतका कम्पनीहरु परेका छन्।

त्यसैगरी, यस साताको मोस्ट पपुलर सेल स्टकको सूचीमा राधी विद्युत कम्पनी, सिटिजन्स म्युचुअल फण्ड १, माउन्टेन इनर्जी लगायतका कम्पनीहरु परेका छन्।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।