महिला लघुवित्त वित्तीय संस्थाको कम्पनी विश्लेषण

Jul 03, 2021 06:59 PM Merolagani



चैत ३ गतेदेखि दोस्रो बजारमा कारोबार खुलेको महिला लघुवित्त (MLBSL) को शेयरमूल्य २ महिना नपुग्दै ५ हजार रुपैयाँ नाघेको थियो।

सो लघुवित्तको शेयरमूल्य यस साता २९ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४६६० रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयर गत साता ४६९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता लघुवित्तको शेयरमूल्य उकालो लागेमा ५६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ४००० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

शेयरमूल्य बढेपनि यस साता लघुवित्तको भोल्यूम भने घटेको छ। गत साता लघुवित्तको दैनिक औषतमा २ हजार १०९ कित्ता शेयर खरिदबिक्री भएको छ। लघुवित्तको २० दिने औषत भोल्यूम ६ हजार ६८१ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा ५ दिने औषत भोल्यूम ६८.४३ प्रतिशत कम हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ गुणाभन्दा बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड २ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा लघुवित्तले १६ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेर ७ करोड ९२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड १८ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ८५ रुपैयाँ ६६ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ५४.८६ गुणा छ भने बुकभ्यालु २९१ रुपैयाँ ८४ पैसा छ।

साताको अन्तिम कारोबार दिन लघुवित्तको १४ दिने आरएसआई ५१.८८ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले लघुवित्तको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

नेप्सेमा १० लाख कित्ता शेयर सूचीकृत रहेको यस लघुवित्तको ५२ हप्ताको उच्च मूल्य ५ हजार ३९० रुपैयाँ छ भने न्यून मूल्य ४४६ रुपैयाँ छ। त्यसैगरी, लघुवित्तको १८० दिनको औषत शेयरमूल्य ३ हजार ३३४ रुपैयाँ ५८ पैसा रहेको छ। बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण ४ अर्ब ६९ करोड ९० लाख रुपैयाँ रहेको छ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको थप निर्णय गर्न आफै विश्लेषण तथा अध्ययन गर्न जरुरी छ।)




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।