गत साता स्थिर रहेको नेप्से, यस साता के होला?

Jul 04, 2021 08:16 AM Merolagani



गत साता नेप्से परिसूचक स्थिर रहेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २८४३ विन्दुमा बन्द भएको नेप्से गत साता पनि सो विन्दुमा बन्द भएको छ।

गत साता नेप्से परिसूचक ३ कारोबार दिन उकालो लागेको थियो भने दुई कारोबार दिन ओरालो लागेको थियो। ५ दिनको उतारचढावपछि नेप्से अघिल्लो साताको बन्द विन्दुमा नै पुगेर बन्द भएको हो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २७०० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा मुनि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

यस साता नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

नेप्से स्थिर रहेपनि गत साता भोल्यूम भने घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम १२ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४४.८४ प्रतिशत कम हो।

होटल तथा पर्यटन

गत साता कारोबारमा आएका उपसमूहमध्ये ५ उपसमूहका परिसूचक उकालो लागेका थिए। जसमध्ये होटल तथा पर्यटन उपसमूह पनि एक हो। सो उपसमूहको परिसूचक गत साता १.७८ प्रतिशत बढेको छ।

अघिल्लो साता ३५९३.३८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक गत साता ६३.८१ अंक बढेर ३६५७.१९ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ४००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ३२०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन यसको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेको छ। यस साता ५ दिने इएमए उकालो लागेमा बाइङ्ग मोमेन्टम बलियो हुने संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको थप निर्णय गर्न आफै विश्लेषण तथा अध्ययन गर्न जरुरी छ।)




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।