गत साता करिब १८ अंक घटेको नेप्से, यस साता के होला?

Jul 11, 2021 07:07 AM Merolagani



गत साता नेप्से परिसूचक करिब १८ अंक घटेर बन्द भएको छ।

पाँच कारोबार दिनमध्ये ४ कारोबार दिन सूचक ओरालो लाग्दा नेप्से सो बराबरको अंक गुमाएको हो। असार मसान्त नजिकिंदै गर्दा सबैतिर क्लोजिङ्गको प्रेसर बढ्न थालेपछि त्यसको प्रभाव शेयर बजारमा परेको जानकारहरु बताउँछन्। अघिल्लो साता २८४३ विन्दुमा बन्द भएको नेप्से, गत साता १७.९० अंक घटेर २८२५.१० विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २९५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २७०० विन्दुमा टेवा पाउने देखिन्छ। गत साता नेप्सेको ५ दिने इएमए २० दिने इएमए भन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेमा ह्यामर मैनबत्ती बनेको छ। जसले बजारमा खरिदकर्ता बलियो भएको र सम्भवतः करेक्सनको अन्त्य भएको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूममा पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ६५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ९ अर्ब ३९ करोड रुपैयाँ छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ५०.४८ प्रतिशत कम हो।

लघुवित्त उपसमूह

गत साता लघुवित्त उपसमूहको परिसूचक ०.५७ प्रतिशत बढेको थियो। अघिल्लो साता ५१७२.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता २९.५७ अंक बढेर ५२०१.७६ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ५६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ४८०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। जसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ। यद्यपि, ५ दिने इएमए माथि फर्किन लागेको देखिन्छ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।