नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गरी आजदेखि एकीकृत कारोबार शुरु

Jul 11, 2021 11:02 AM Merolagani



नबिल बैंक (NABIL) ले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पुरा गरी आज (असार २७ गते) देखि एकीकृत कारोबार शुरु गरेको छ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र फाइनान्सका अध्यक्ष बसन्त कुमार चौधरीले संयुक्त एकीकृत कारोबार सुभारम्भ गरेका हुन्।

नबिल बैंकका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए।

‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौडेलले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पूँजी कोष ३२ अर्ब ६८ करोड हुनेछ।

साथै, नबिल बैंकको शाखा सञ्जाल पनि वृद्धि भइ १३५, एटीएम संख्या १८३ वटा पुग्नेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।