कात्तिक २८ गतेदेखि एकिकृत कारोबार शुरु गर्दै गरिमा र सहारा विकास बैंक

Oct 30, 2021 07:24 AM Merolagani



गरिमा विकास बैंक (GBBL) र सहारा विकास बैंकले कात्तिक २८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्।

सहारा विकास बैंक (SHBL) लाई गरिमा विकास बैंकले एक्वायर अर्थात प्राप्ति गरेपश्चात सो दिनदेखि गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो। एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते अन्तिम स्वीकृति दिएको थियो।

गरिमा विकास बैंकको भदौ १५ गते र सहाराको भदौ १२ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले सो एक्विजिशनको प्रस्ताव पारित गरेको थियो।

प्राप्तिपश्चात बैंकको केन्द्रिय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहनेछ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।