कात्तिक २८ गतेदेखि एकिकृत कारोबार शुरु गर्दै गरिमा र सहारा विकास बैंक

Oct 30, 2021 07:24 AM Merolagani



गरिमा विकास बैंक (GBBL) र सहारा विकास बैंकले कात्तिक २८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्।

सहारा विकास बैंक (SHBL) लाई गरिमा विकास बैंकले एक्वायर अर्थात प्राप्ति गरेपश्चात सो दिनदेखि गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो। एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते अन्तिम स्वीकृति दिएको थियो।

गरिमा विकास बैंकको भदौ १५ गते र सहाराको भदौ १२ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले सो एक्विजिशनको प्रस्ताव पारित गरेको थियो।

प्राप्तिपश्चात बैंकको केन्द्रिय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहनेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।