डिप्रोक्सले आदर्श लघुवित्तलाई एक्वायर गर्ने

Oct 09, 2022 11:09 AM Merolagani



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त गर्ने भएको छ।

चितवन जिल्ला, भरतपुर नगरपालिका वडा नं. १० भरतपुरमा रजिष्टर्ड कार्यालय रहेको डिप्रोक्स लघुवित्तले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ बनेपामा रजिष्टर्ड कार्यालय रहेको आदर्श लघुवित्त (ADLB) लाई प्राप्ति गर्नका लागि असोज १४ गते प्राप्ति सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।