स्पेशल प्रि ओपन सेसनमा जीवन विकास लघुवित्तको कतिमा भयो पहिलो कारोबार?

Jul 29, 2021 10:45 AM Merolagani



साउन १४ गते, बिहीबार स्पेशल प्रि ओपन सेसनमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) को पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा लघुवित्तको शेयर प्रतिकित्ता ९१४ रुपैयाँमा पहिलो कारोबार भएको हो।

लघुवित्तको शेयर साउन १३ गते, बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा बिक्री गरेको समेत गरी कुल ६० लाख ८४ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो।

नेप्सेले दोश्रो बजारमा कारोबारका लागि लघुवित्तलाई जेबिएलबि सिम्बोल प्रदान गरेको थियो भने कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज दिएको थियो।

लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको थियाे।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।