श्रृजनशील लघुवित्त ऋणात्मकबाट धनात्मकतर्फ उन्मुख हुँदै, कसरी भयो सम्भव?

Jul 30, 2021 11:54 AM Merolagani



श्रृजनशील लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा उल्लेख्य सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको १ करोड ३७ लाख रुपैयाँ ऋणात्मकबाट ९ करोड ५२ लाख रुपैयाँले धनात्मकतर्फ उन्मुख भएको देखिन्छ।

खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा उल्लेख्य सुधार हुँदा लघुवित्तको नाफामा बढोत्तरी हुन सम्भव भएको देखिन्छ।

समीक्षा अवधिसम्म लघुवित्तले १४ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड ९४ लाख रुपैयाँले बढी हो। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा एक करोड ८२ लाखले ऋणात्मकबाट ९ करोड ५ लाख रुपैयाँले धनात्मक भएको देखिन्छ।

चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ९ करोड २१ लाख रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले एक अर्ब ८ करोड ७८ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर एक अर्ब ८१ करोड ६२ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ। लघुवित्तको निष्कृय कर्जा अनुपात २.१६ प्रतिशत रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।