स्वाबलम्बन लघुवित्तले गर्यो सन्तोषजनक प्रगति

Aug 03, 2021 05:37 AM Merolagani



स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तले ६१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.९२ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.६६ प्रतिशत बढेको छ अन्य सञ्चालन आम्दानी ४६.०४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ४८.८९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले १४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष २८.३६ प्रतिशत बढेको छ। लघुवित्तको सापटी समीक्षा अवधिमा ३.११ प्रतिशत घटेको छ भने निक्षेप १४.४१ प्रतिशत र कर्जा १३.९८ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस २० रुपैयाँ ७४ पैसा बढेर ६५ रुपैयाँ ६९ पैसा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ४६ पैसा रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।