गणपतिको खुद नाफा ७६ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 03, 2021 04:48 AM Merolagani



गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड (GMFBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तले ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.९१ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६०.०८ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले १ करोड ७९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ प्रतिशत बढेको छ भने जगेडा कोष ७३.३६ प्रतिशत बढेको छ। लघुवित्तको सापटी समीक्षा अवधिमा १८.३५ प्रतिशत बढेको छ भने निक्षेप ३८.१० प्रतिशत र कर्जा २१.१० प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ११ रुपैयाँ ४६ पैसा बढेर ३३ रुपैयाँ ८ पैसा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५१.४८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ २८ पैसा रहेको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।