खराब कर्जा उठाउन सफल भएपछि सूर्योदय लघुवित्त नाफामा

Aug 03, 2021 06:18 AM Merolagani



सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक देखिएपनि खुद नाफा भने धनात्मक देखिएको छ।

असार मसान्तसम्ममा लघुवित्तले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४८.७४ प्रतिशत बढी हो।

निष्क्रिय कर्जा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याउनु पर्दा लघुवित्तको सञ्चालन मुनाफा घटेपनि खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५.३१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा २५ करोड ५४ लाख रुपैयाँ छुट्याएको छ भने २५ करोड १३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५.३५ बढेको छ भने जगेडा कोष ५८.१६ प्रतिशत बढेको छ। लघुवित्तको सापटी समीक्षा अवधिमा ३७.७९ प्रतिशत बढेको छ भने निक्षेप २४.३३ प्रतिशत र कर्जा ३७.७८ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस २२ रुपैयाँ ८३ पैसा बढेर ४२ रुपैयाँ ५८ पैसा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।