व्यवसाय विस्तारसँगै नाफा बढाउँदै नेरुडे

Aug 05, 2021 05:20 AM Merolagani

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा राम्रो सुधार देखिएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५७.३२ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै कर्मचारी खर्च र अन्य सञ्चालन खर्च नियन्त्रण गरेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४७.७८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ७३.७३ प्रतिशत र सञ्चालन मुनाफा १५७.३२ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८ प्रतिशत र जगेडा कोष ४१.०१ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी ६४.८० प्रतिशत, निक्षेप २०.०४ प्रतिशत र कर्जा लगानी ४४.०७ प्रतिशत बढेको छ।

नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ। सो अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ ४३ पैसा बढेर ३६ रुपैयाँ ९२ पैसा पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.३३ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।