गत साता नयाँ अलटाइम हाइ रेकर्ड बनाएको नेप्सेमा यस साता के होला?

Aug 22, 2021 08:19 AM Merolagani



गत साता नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। गत साताको बुधबार नेप्से परिसूचक ३१९८.६० विन्दुमा बन्द भएर नयाँ अलटाइम हाइ क्लोजिङ्ग बनाएको हो।

साताको अन्तिम कारोबार दिन भने नेप्से परिसूचक १.७८ अंक बढेर बन्द भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन ३१७९.०० व्न्दिुमा बन्द भएको नेप्से, गत साता ३१८०.७८ विन्दुमा पुगेर बन्द भएको थियो। बुधबार नयाँ अलटाइम हाइ रेकर्ड बनाएपनि साताको अन्तिम कारोबार दिन करेक्सन भइ नेप्से ३१८०.७९ विन्दुमा झरेर बन्द भएको थियो। सो दिन नेप्सेमा करेक्सन भएपनि, कारोबार अवधिमा भने नेप्से ३२२७.११ विन्दुसम्म पुगेको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक ओरालो लागेमा ३१०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, नेप्से परिसूचक उकालो लागेमा भने ३३०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। जसले सो दिन खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो नै रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो नै रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूममा पनि सुधार भएको छ। गत साता दैनिक औषतमा १९ अर्ब ५१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम १५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम २६.२९ प्रतिशत बढी हो।

निर्जीवन बीमा उपसमूह

गत साता निर्जीवन बीमा उपसमूहको परिसूचक ०.७७ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता १४६६२.४६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता १४७७५.७६ विन्दुमा पुगेर बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १५५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १४००० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि जान खोजेको देखिन्छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।