गत साता करिब ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Aug 29, 2021 08:22 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेको थियो। अघिल्लो साता ३१८०.७८ विन्दुमा बन्द भएको नेप्से, गत साता २.७३ प्रतिशत अर्थात ८६.७३ अंक घटेर ३०९४.०५ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा ३००० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेमा बियरिश मैनबत्ती बनेको छ। यसले बजारमा खरिदकर्ता माथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा १३ अर्ब ८८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम १५ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम ९.६५ प्रतिशत कम हो।

फाइनान्स उपसमूह

गत साता १३ उपसमूहमध्ये एक मात्र उपसमूहको परिसूचक बढेको थियो। र त्यो हो, फाइनान्स उपसमूह। सो उपसमूहको परिसूचक गत साता ४.५७ प्रतिशत बढेको थियो।

अघिल्लो साता ३१२५.८२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक गत साता १४२.७६ अंक बढेर ३२६८.५८ विन्दुमा पुगेको थियो। यस अनुसार यस साता सो उपसमूहको परिसुचक बढेमा ३४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ३००० विन्दुमा टेवा पाउने देखिन्छ।

फाइनान्स उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी बढ्दो क्रममा रहेको छ। यसले बजारमा फाइनान्स कम्पनीहरुको बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।