वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्जरमा जाने सम्झौता, दोस्रो बजारमा कारोबार रोक्का

Sep 01, 2021 11:00 AM Merolagani



वोमी लघुवित्त वित्तीय संस्था (WOMI) र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन्। 

दुबै लघुवित्तबीच भदौ १५ गते एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको हो।

वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ।

मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै बुधबारदेखि दुबै लघुवित्तको शेयर कारोबार रोक्का भएको छ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।