लगानीकाे नयाँ तरिका सिकाउने 'रिच ड्याड्स गाइड टु इन्भेष्टिङ्ग' काे पुस्तक सारंश

Sep 08, 2021 05:53 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा गत सातादेखि हामीले राेबर्ट किओसाकीद्वारा लिखित पुस्तक 'रिच ड्याड्स गाइड टु इन्भेष्टिङ्ग' काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। यस साता साे पुस्तककाे सारंशकाे दाेस्राे भाग प्रस्तुत गर्दैछाैँ।

लक्ष्य, नेतृत्व र टिममा मास्टर गर्नुहोस् र तपाई ठूलो व्यवसाय स्थापना गर्न सक्नुहुन्छ।

के तपाईलाई थाहा छ बिल गेट्सले सफ्टवेयरमा लगानी गरेका थिएनन् जसले उनलाई विश्वकै धनी मानिस बनायो? उनले त्यसलाई प्रोग्रामहरुको समूहबाट खरिद गरेका थिए। उनले ठूलो व्यवसाय निर्माण गरे, ठूलो उत्पादन होइन र त्यो नै उनको सफलताको साँचो बन्यो।

व्यवसाय निर्माण गर्नु तीन कुराहरुमा मास्टर गर्नु हो।

पहिलो, व्यवसायलाई दोर्‍याउन आध्यात्मिक लक्ष्य आवश्यक छ।

हेनरी फोर्डले यसलाई मूर्त रुप दिए। उनको लक्ष्य पैसा कमाउनु थिएन, यद्यपि, उनले त्यही गरे र त्यो पनि धेरै मात्रामा। फोर्डको लक्ष्य सर्वसाधारण समक्ष कार ल्याउनु र अटोमोबाइललाई स्वतन्त्र गर्नु हो। उनले त्यस लक्ष्यलाई निरन्तर पछ्याए र धनीहरुले उनलाई पछ्याए।

तपाईको वित्तीय लक्ष्यसँग मेल खाने आध्यात्मिक लक्ष्य पत्ता लगाउनाले त्यसले तपाईलाई सही बाटोमा अघि बढ्न सहयोग गर्दछ।

दोस्रो, हरेक नेतालाई एक टिम चाहिन्छ।

हुनसक्छ, तपाई एकाउण्टेन्ट हुनुहुन्छ, या बीमक या वकिल। तर, तपाई यी तीनवटै हुन सक्नुहुन्न, र तपाईको सफल व्यवसायको लागि यी तीनवटै महत्वपूर्ण छ। धनी व्यवसाय नेताहरुमध्ये तीन साझा कुरा भनेको उनीहरुलाई थाहा हुन्छ कि आफ्नो टिममा गरिएको खर्च एक लगानी हो–त्यस्तो लगानी जसले उनीहरुलाई करिब धनी बनाउँछ।

तेस्रो, हरेक टिमलाई नेता चाहिन्छ।

लेखक जस्तै, जो मिलिटरीमा छ, उनीहरुलाई थाहा हुन्छ कि उनीहरुको समूहले कमजोर नेतालाई पछ्याउँदैन। नेतृत्व आफैमा एक कला हो। यो सामान्य रुपमा उत्कृष्ट हुनु होइन, अरु भित्र भएको उत्कृष्टतालाई बाहिर ल्याउनु हो।

नेतृत्वको सिप कसरी प्राप्त गर्ने? एक सबैभन्दा राम्रो उपाय भनेको स्वयम्सेवा गर्नु हो। धेरै समूहहरुमा, कोही पनि नेतृत्वको जिम्मेवारी लिन चाहँदैनन्। त्यसैले, चाहे त्यो कार्यालयमा होस्, धार्मिक संस्थामा होस् अथवा समाजमा, बोल्नुहोस् र नेतृत्व गर्न स्वयम्सेवा गर्नुहोस्–यो प्रतिक्रिया पाउने र कहा सुधार गर्ने भन्ने थाहा पाउने राम्रो तरिका हो।

यदि तपाई व्यवसायमा सफल हुन चाहनुहुन्छ भने तपाईलाई एउटा व्यक्तिगत सिप अति आवश्यक पर्नेछ र त्यसको चर्चा हामी अर्को पुस्तक सारंशमा गर्नेछौँ।

हरेक सफल उद्यमीले कुरा गर्न र बिक्री गर्न सक्छ।

पूँजी उठाउनु, विज्ञापन गर्नु, मोलभाउ गर्नु, आफ्नो समूहलाई प्रोत्साहन गर्नु र बिक्री गर्नु–व्यवसायि जीवनका यी सबै पक्षहरुमा हुने साझा कुरा के हो?

सफलताको लागि यो सबै अति आवश्यक छ र यी सबैको लागि कुरा गर्ने कुशलताको आवश्यकता छ। त्यसोभए तपाई कसरी एक राम्रो सञ्चारकर्ता बन्न सक्नुहुन्छ?

सेल्स ट्रेनिङ्ग कार्यक्रममा समय लगानी गर्नु प्रमाणित दृष्टिकोण हो।

यसको लागि सबैभन्दा राम्रो स्थान भनेको नेटवर्क मार्केटिङ्ग संस्थाहरु हुन्, जहाँ अक्सर उत्कृष्ट कार्यक्रमहरु हुन्छन्। कुनै एक संस्थामा आबद्ध हुनु र ५ वर्षसम्म निरन्तर कार्य गर्नुले जादू जस्तै कार्य गर्न सक्छ। लजालु, असफलतादेखि डराउने व्यक्तिहरु दुई सिप भएको सेल्सपर्सन भएर निस्किन सक्छन्ः कुनै पनि प्रडक्टको महत्वको बारेमा बुझाउन सक्ने क्षमता र नकारात्मक उत्तरसँग निडरता।
यी दुई गुणाहरुमा मास्टर गर्नुहोस् र तपाई शक्तिशाली सञ्चारकर्ता बन्न सक्नुहुन्छ। यी गुणहरु तपाई आफ्नो उत्पादन अथवा सेवा बिक्री गर्ने बेला मात्रै चम्किने होइन, लगानीकर्तासँग सम्झौता गर्दा, राम्रो कुरामा मोलभाउ गर्दा अथवा आफ्नो टिमलाई उठाउनका लागि पनि चम्किन्छ।

उत्कृष्ट सञ्चारकर्ता बन्ने विषयमा तपाई गम्भिर हुनुहुन्छ भने, शब्दको बारेमा मात्र नसोच्नुहोस्, हेर्दा पनि राम्रो देखिनु उत्तिकै जरुरी छ।

पब्लिक स्पिकरहरुको एक अध्ययनमा उनीहरुको शारिरीक हाउभाउले ५५ प्रतिशत, बोल्ने तरिकाले ३५ प्रतिशत र शब्दले केबल १० प्रतिशत मात्र प्रभाव पार्ने देखिएको छ।

यदि तपाई आफुले जानेका शीर्ष व्यवसायीहरुको बारेमा सोच्नुहुन्छ भने, उनीहरु सबै उस्तै देखिन्छन्, हैन र? र यो लामो समयसम्म चलिरहन्छ।

लेखकका एक बैंकिङ्ग साथीले एकपटक बताएका थिए कि उनको बैंकले हेर्दा राम्रो देखिएकै कारण एक नयाँ अध्यक्ष ल्याए। नवनियुक्त बैंकका अध्यक्ष देखिनुपर्ने जस्तै देखिन्छन् र त्यस्तै तरिकाले बोल्छन्। बोर्डले बैंक चलाउछन् तर अध्यक्षको बाहिरी आवरणले नयाँ ग्राहक आकर्षित गर्छ।

राम्रो देखिनु र राम्रोसँग बोल्दा धेरै फाइदा हुन्छ। आफ्नो वित्तीय साक्षरता सुधार्नुजस्तै, यो पनि गरिनुपर्ने लगानी हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।