सातामा साढे ६३ अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Sep 18, 2021 01:10 PM Merolagani



भदौ महिनाको अन्तिम साता, नेप्से परिसूचक साढे ६३ अंक घटेर बन्द भएको छ। गत साता २८७५.९७ विन्दुमा बन्द भएको नेप्से यस साता २.२१ प्रतिशत अर्थात ६३.५९ अंक घटेर २८१२.३८ विन्दुमा झरेको हो।

यस साताको बजारलाई बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरले प्रभावित पारेको हो। साताका पहिलो दुई कारोबार दिन बढेको नेप्से, बाँकी तीन कारोबार दिन भने ओरालो लागेको थियो। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउन हल्लाले मंगलबार र बुधबार नेप्से घटेको थियो भने बिहीबार ब्याजदर बढेको सूचना सार्वजनिक भएसँगै बजार थप घट्न दबाब पुगेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स १.७८ प्रतिशत (९.५१ अंक), फ्लोट इण्डेक्स २.२७ प्रतिशत (४.५७ अंक) र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ प्रतिशत (३.०९ अंक) घटेको छ।

यस साता नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत साता ४२ अर्ब २५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा यस साता ३८ अर्ब ३१ करोड रुपैयाँबराबरको मात्र शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको शेयर संख्यामा १८.७५ प्रतिशत कमी आएको छ भने कुल कारोबार ७.०३ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ४० खर्बभन्दा तल झरेको छ। गत साता ४० खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण यस साता २.२२ प्रतिशत अर्थात ८९ अर्ब रुपैयाँ घटेर ३९ खर्ब ३५ अर्बमा झरेको छ।

यस साता सबै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको सबैभन्दा कम ०.७७ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता होटल तथा पर्यटन, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने अन्य, व्यापार, निर्जीवन बीमा, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। बाँकी दुई उपसमूह अर्थात बैंकिङ्ग र विकास बैंकको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३८९.०२ अंक घटेको छ। त्यसैगरी, म्युचुअल फण्ड उपसमूहको सबैभन्दा कम ०.३६ अंक घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साताको मोस्ट पपुलर बाइ स्टकको सूचीमा बोटलर्स नेपाल (तराई), अजोड इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, फस्ट माइक्रोफाइनान्स र युनाइटेड इदी मार्दी परेका छन्। त्यसैगरी, साताको मोस्ट पपुलर सेल स्टकको सूचीमा यस साता किसान लघुवित्त, मिर्मिरे लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, पाँचथर पावर लगायतका कम्पनीहरु परेका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।