गत साता साढे ६३ अंक घटेको बजार, यस साता के होला?

Sep 19, 2021 08:15 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ६३ अंक घटेको थियो। अघिल्लो साता २८७५.९७ विन्दुमा बन्द भएको नेप्से, गत साता ६३.५९ अंक घटेर २८१२.३८ विन्दुमा बन्द भएको थियो।

नेप्से अहिले बलियो टेवा क्षेत्रको नजिक रहेको प्राविधिक विश्लेषणमा देखिएको छ। यस साता बजार घटेमा नेप्सेले २७५० देखि २८०० को टेवा परीक्षण गर्ने देखिन्छ। सोभन्दा ओरालो लागेमा भने २७०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, बजार उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता नेप्सेमा बियरिश मैनबत्ती बनेको छ। यसले सो साता खरिदकर्ताहरु माथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यस यी दुई बीचको दूरी बढ्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ६६ करोडको मात्र शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम ११ अर्ब ५० करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्युम ३३.३६ प्रतिशत कम हो।

बैंकिङ्ग उपसमूह

गत साता बैंकिङ्ग उपसमूहको परिसूचक १.२८ प्रतिशत घटेको थियो। अघिल्लो साता १९३२.२३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता २४.६८ अंक घटेर १९०७.५५ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक ओरालो लागेमा १८५० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, सो उपसमूहको परिसूचक उकालो लागेमा भने २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता यस उपसमूहमा पनि बियरिश मैनबत्ती बनेको छ। यसले बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बैंकिङ्ग उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।