व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे पुस्तक सारंश

Sep 22, 2021 06:05 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा यस साता हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश लिएर आएका छाैँ।

पिटर लिन्चद्वारा लिखित यो पुस्तक एकदमै व्यवहारिक लगानी पुस्तकको रुपमा मानिन्छ। यस पुस्तकमा तीन भागहरु छन्ः पहिलो लगानी सम्बन्धि परिचय र लगानीकर्ताको मानसिक स्थितीको विकास, दोस्रो, स्टक छान्ने क्रमिक प्रक्रिया र तेस्रो, लगानी र पोर्टफोलियो प्रति दीर्घकालिन दृष्टिकोण।

यदि तपाई स्टकमा लगानी गर्नुहुन्छ र लगानी गर्ने सोचमा हुनुहुन्छ भने, तपाईले यो पुस्तक अवश्य पढ्नुपर्छ।

को हुन् पिटर लिन्च?

पीटर लिन्च अहिलेका सबैभन्दा सफल र प्रसिद्ध लगानीकर्तामध्ये एक हुन्। लिन्च प्रमुख लगानी ब्रोकरेज फिडेलिटीमा म्यागेलन फण्डका महान पूर्व प्रबन्धक हुन्। उनले सन् १९७७ मा ३३ वर्षको उमेरमा फण्ड सम्हाले र त्यसलाई १३ वर्षसम्म चलाए। उनको सफलताले उनलाई १९९० मा मात्र ४६ वर्षको उमेरमा रिटायर हुन योग्य बनायो। उनको लगानी शैलीलाई त्यो समयको प्रचलित आर्थिक परिवेश अनुकुल बताइएको छ, तर लिन्च सँधै आफुसँग के छ? भन्ने बुझ्न सक्षम हुनुपर्ने कुरामा जोड दिन्छन्।

लिन्चको लगानी करियर

लिन्चको पहिलो सफल लगानी फ्लाइङ्ग टाइगर नामक एक एयर फ्रेट कम्पनीमा थियो जसले उनलाई ग्रेजुएट स्कुलको पैसा भुक्तानी गर्न मद्दत गर्यो। उनले १९६८ मा पेन्सिल्वेनिया विश्वविद्यालयको व्हार्टन स्कुल अफ बिजनेसबाट एमबिए गरेका छन्। उनले १९६७ देखि १९६९ सम्म आर्मी भएर सेवा दिए।

२५ वर्षको उमेरमा, लिन्चले पहिलो पटक फिडेलिटीमा टेक्सटाइल एण्ड मेटल एनालाइस्टको रुपमा जागिर पाए। सन् १९७७ मा लिन्चले मेगेलन फण्ड सम्हाल्न पुगे। मेगेलन फण्ड सन् १९६३ मा स्थापना भएको सानो तर आक्रामक क्यापिटल एप्रिसिएशन फण्ड हो, जसमा अधिकांश घरेलु लगानी थियो। लिन्चले फण्ड सम्हालेको पहिलो दिन १ हजार डलर लगानी गरेका लगानीकर्ताले उनले छोडेका दिन २८ हजार डलर हुन्थ्यो। उनको व्यवस्थापनमा सो फण्डले वार्षिक २९ प्रतिशत औषत प्रतिफल दिएको थियो।

भाग १ः लगानीको तयारी

अध्याय १ः स्टकपिकरको निर्माण

सन. १९५० र १९६० को दशकमा स्टक मार्केट प्रति अविश्वास अमेरिकामा मात्र होइन, पिटर लिन्चको परिवार र आफन्तमा पनि थियो। प्राय सबैले उनलाई स्टक मार्केटबाट टाढा रहन सुझाव दिएका थिए।

पिटरले पहिलोपटक गल्फ कोर्शमा क्याडिको रुपमा काम गरेका थिए जहाँ उनले राष्ट्रपति र सिईओहरु लगानीको बारेमा कुरा गरेको सुन्थे जसले उनलाई स्टक मार्केट पैसा गुमाउने ठाउँ हो भन्ने आफ्नो पारिवारिक अवस्थाबारे पुनर्विचार गर्न बाध्य बनायो।

उनले आफ्नो हाइस्कुल अवधिभर क्याडिको काम गरे र बोस्टोन कलेजमा उनले, इतिहास, साइकोलोजी र पोलिटिकल साइन्ससँगै मेटाफिजिक्स, एपिस्टिमोलोजी, लजिक, धर्म र प्राचीन ग्रिकको दर्शन पढ्न थाले।

‘जब म पछाडि फर्केर हेर्छु, यो स्पष्ट छ कि इतिहास र दर्शको अध्ययन, स्टक मार्केटका लागि तथ्यांकको अध्ययनभन्दा राम्रो तयारी थियो।’

‘स्टक मार्केटमा तपाईलाई चाहिने गणित भनेको तपाईले ४ कक्षामा सिक्नु भएको गणित हो।’

पटिरले सन् १९६३ मा पहिलो स्टक किनेका थिए जुन २ वर्षभन्दा कम अवधिमा ५ गुणा बढी बढ्यो जसले उनलाई आफ्नो हार्टोनमा स्नातक गर्न सहयोग गर्यो। बोस्टोनको ठूला कक्षामा उनले सो समयको राम्रो प्रदर्शन गरिरहेको फिडिलिटीमा समर इन्टर्नसीप गर्ने मौका पाए। उनलाई रिसर्चिङ्ग, रिपोर्ट लेखन र कम्पनीमा जाने, एक विश्लेषकले गर्ने जस्तै काम गर्न दिइएको थियो।

अध्याय २ः वाल स्ट्रीट अक्सिमोरोन्स

अधिकांश प्रोफेस्नल तथा संस्थागत लगानीकर्तामा व्यक्तिगत र सिकारु लगानीकर्ताहरु बढी रहेका छन्।

अधिकांश अवस्थामा, प्रोफेस्नल संस्थागत लगानीकर्ता अर्थात फण्ड म्यानेजरहरु सास्कृतिक, कानूनी र सामाजिक बन्धनमा बाँधिएका हुन्छन्। यस्ता लगानीकर्ताहरु धेरैजसो लिखित नियम कानूनले बाँधिएका हुन्छन्। केही बैंकका ट्रस्ट विभागले कुनै कम्पनी वा यूनियनमा स्टक खरिद गर्न अनुमति दिँदैनन् र विद्युतिय उपकरण, तेल या स्टील जस्ता गैर विकास उद्योग या विशिष्य उद्योगा समूहहरुमा अरुले लगानी गर्दैनन्। केही फण्डहरु बजार पूँजीकरणको नियमले थप बाँधिएका हुन्छन्ः उनीहरु त्यस्ता कम्पनीहरुको स्टक किन्दैनन् जसको बजार पूँजीकरण मानौँ १०० मिलियनभन्दा कम छ।

‘जुन स्टकहरु म खरिद गर्ने कोशिस गर्दछु जसलाई परम्परागत फण्डहरुले बेवास्ता गर्छन्। अर्को शब्दमा भन्दा म एक शौकिया जस्तै सोच्न जारी राख्छु।’

तर यहाँ मुठ्ठीभर यस्ता फण्ड म्यानेजर अथवा लगानीकर्ता छन्, जसको राम्रो ट्रयाक रेकर्ड छ जसमध्ये केहीको नाम लिनु पर्दा जोन टेम्पलटोन, वारेन बफेट, पिटल लिन्च पर्छन, यिनीहरु कम बन्धनमा बाँधिएका छन् वा भनौ बन्धनमा नै छैनन्।

अहिलेको प्रणाली अन्तर्गत, ठूला संस्थागत तथा प्रोफेसनल लगानीकर्ताहरु त्यस्ता स्टकमा आकर्षित हुँदैनन् जबसम्म त्यो प्रख्यात हुँदैन र धेरै ठूला संस्थाहरुले आफु अनुकुल भएको पहिचान गर्दैनन् र वाल स्ट्रीटका प्रतिष्ठित विश्लेषकहरुले आफ्नो सूचीमा राख्दैनन्। उदाहरणका लागि धेरै पेनसन फण्डहरुलाई पूर्व स्वीकृत सूचीहरुको स्टक खरिद गर्ने अनुमति हुन्छ।

‘अन्जान कम्पनीको स्टक खरिद गरी धेरै नाफा कमाउने मौका र स्थापित कम्पनीको स्टक खरिद गरी थोरै गुमाउने बीच सामान्य म्युचुअल फण्ड व्यवस्थापक, पेनसन फण्ड व्यवस्थापक अथवा कर्पोरेट पोर्टफोलियो व्यवस्थापकहरु पछिल्लो छनोट गर्दछन्। सफलता एउटा कुरा हो तर आफु असफल हुँदा पनि नराम्रो नदेखिनु धेरै महत्वपूर्ण छ।’

comments powered by Disqus

कोरोना नयाँ भेरियन्टसँगै पर्यटन व्यवसायी चिन्तित, पुराना बुकिङहरु सबै ‘होल्ड’मा

Dec 04, 2021 06:48 PM

बाबुकृष्ण महर्जन

कोरोना भाइरसको संक्रमण कमजोर हुँदै गएपछि लयमा फर्कदै गरेको पर्यटन व्यवसायी काेराेनाकाे नयाँ भेरियन्ट भारतसम्म आइपुगे पछि चिन्तित छ । कोरोनाको महामारी शुरु भएसँगै विस्तारै थला पर्दै गएको यो व्यवसाय अरु व्यवसाय विस्तारै सुचार हुँदा पनि राम्ररी तंग्रिन पाएको थिएन ।