नेपालमा पनि बाक्लो उपस्थिति जनाउदै चिनियाँ अटो कम्पनी, कुन कुन गाडी आए ?

Oct 13, 2021 05:59 PM Merolagani

पछिल्लो समय नेपाली चारपांग्रे बजारमा चिनियाँ ब्रान्ड आउने क्रम बढेको छ। एक दशकअघि नेपाल भित्रिएर बन्द भएका अटो ब्रान्ड समेत पुनः प्रवेश गर्न थालेपछि चिनियाँ ब्रान्ड नेपाली बजारमा धमाधम भित्रिन थालेका हुन्।

बीवाईडी

चिनियाँ कम्पनी बीवाईडी नेपाली बजारमा आफ्नो वर्चस्व कायम गर्न थालेको छ। कम्पनी बीवाईडी अटो इन्डस्ट्रिज कम्पनी लिमिटेडका विद्युतीय गाडी सिमेक्स इन्क नेपालस्थित आधिकारिक बिक्रेता हो।

नेपालमा बीवाईडीका विद्युतीय गाडीमा ई६ लोकप्रिय मोडल हो। हाई रेन्जमा उपलब्ध ई ६ नयाँ मोडल कम्पनीले भर्खर भित्रिएको छ। बीवाईडीले एम ३ को भ्यान समेत बिक्री गर्दै आएको छ।

 

चेरी

पहिला आएर बन्द भएको चिनियाँ ब्रान्ड चेरीको आधिकारिक बिक्रेता सारदा ग्रुपले लिएको छ। एक दशक अघि नेपाली बजारमा यो ब्रान्ड भित्रिएको थियो। चीनमा सन् १९९७ मा चेरी अटोमोबाइल्स को.लि. स्थापना भएको थियो। कम्पनीले एरिजो, टिगो, एक्सिडलगायत ब्रान्डमा गाडी उत्पादन गर्दै आएको छ।

ग्रेटवाल

हालै चिनियाँ ग्रेटवाल मोटर्स (जीडब्लुएम)ले नेपालमा तीनवटा मोडल नेपाल भित्र्याएको छ। ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता विशाल ग्रुपअन्तर्गतको भीजी इम्पेक्स प्रालिले नेपालमा गाडी बिक्रीवितरण गर्दै आएको छ।

भीजी इम्पेक्सले हावल र ग्रेटवाल ब्रान्डका गाडी सवारीसाधन भित्र्याइसकेको छ। कम्पनीले नेपालमा ५ मोडलका गाडी ल्याउने तयारी समेत गरेको छ।

कम्पनीले हावल ब्रान्डका जोलियन र एच ६ एसयूभी आएका छन् भने जीडब्लुएम ब्रान्डमा पोयर आइसकेको छ। ग्रेटवाल ब्रान्डमा विङ्गल पिकअप गाडी र नेपालमै सस्तो विद्युतीय कार ओरा आर १ इलेक्ट्रिक गाडी छिट्टै ल्याउने जनाएको छ।

फोटोन

एमएडब्लु वृद्धिले चिनियाँ ब्रान्ड फोटोनका गाडी समेत बिक्री गर्दै आएको छ। फोटोनले नेपालमा टुनाल्ड मोडलका पिकअप सवारीसाधन बिक्रीवितरण गर्दै आएको छ। त्यसबाहेक विभिन्न मोडलका हाइस र एम्बुलेन्स समेत कम्पनीले बिक्रीवितरण गर्दै आएको छ।

चांगन

चीनकै चांगन अटोग्रुपले नेपाली बजारमा प्रवेश गर्ने औपचारिक निर्णय गरेको छ। नेपालस्थित एमएडब्लु वृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा यस चिनियाँ कम्पनीले नेपालमा आफ्नो उत्पादनहरूको बिक्रीवितरण गर्ने भएको हो।

कम्पनीले पहिलो चरणमा सेडान, पिकअप र एसयूभी तथा दोस्रो चरणमा विभिन्न विद्युतीय गाडी नेपालमा बिक्रीवितरण गर्ने योजना बनाएको हा ।

डीएफएसके

डीएफएसके सन् २०१९ बाट नेपाली बजारमा बिक्री हुँदै आएको छ। कुजु नेपाल प्रालिले नेपालमा ग्लोरी आई अटो, ग्लोरी ५८० र ग्लोरी ५६० मोडलको गाडी नेपाल भित्र्याएको छ।

डीएफएसके चिनियाँ ब्रान्ड भए पनि इन्डोनेसियाको प्लान्टमा निर्मित गाडी नेपाल आउने कुजु नेपालले जानकारी दिएको छ। कम्पनीले भित्र्याएका गाडीमा नेपाली ग्रहाकको राम्रो ‘रेस्पोन्स’ रहेको जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।