नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार कात्तिक १५ गतेदेखि

Oct 18, 2021 07:28 AM Merolagani



नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड (NSEWA) र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्।

यी दुबै लघुवित्त एक आपसमा गाभिएपश्चात सो दिनदेखि विन नेपाल लघुवित्त वित्तीय संस्थाको नाफाबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन्। यी दुबै लघुवित्तको मर्जरका लागि नेपाल राष्ट्र बैंकले भदौ १५ गते स्वीकृती दिएको थियो।

यी दुबै लघुवित्त बागमती प्रदेश कार्यक्षेत्र भएका लघुवित्त हुन्। मर्जरपश्चात बनेको लघुवित्तको केन्द्रीय कार्यालय मेलम्ची १३, सिन्धुपाल्चोकमा रहनेछ।

डाटा माइग्रेशन प्रयोजनार्थ यी दुबै लघुवित्तले प्रदान गर्दै आएको सबै बैंकिङ्ग कारोबार कात्तिक १४ गते बन्द रहने लघुवित्तले जनाएको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।