सामुदायिक लघुवित्तको नाफामा छलाङ, अन्य सूचक कस्ताे?

Nov 15, 2021 02:38 PM Merolagani

सामुदायिक लघुवित्त (SLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८०० प्रतिशतभन्दा धेरैले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा १ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको भन्दा ८४१.१६ प्रतिशतले धेरै हो।

लघुवित्तको फि कमिशन मार्फत हुने आम्दानी बढ्दा र सम्भावित जोखिमबापत कम रकम छुट्याउदा उसको खुद नाफा बढ्न सहयोग पुगेको हो। लघुवित्तको खुद ब्याज आम्दानी भने २.१२ प्रतिशतले घटेर २ करोड ७३ लाख रुपैयाँमा झरेको छ।

लघुवित्तको निक्षेप संकलन १५.९८ प्रतिशतले बढेर ५२ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १७.२१ प्रतिशतले बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

लघुवित्तको खराब कर्जा ४.८५ प्रतिशतबाट सामान्य घटेर ४.६६ प्रतिशतमा झरेको छ।

हाल १३ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ७ करोड ९२ लाख रुपैयाँ छ।

लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५५ पैसाले बढेर ३१ रुपैयाँ ९४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५ पैसा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।