नेको इन्स्योरेन्सको खुद नाफा ४२ प्रतिशतले घट्यो, बीमाशुल्क भने सामान्य बढ्यो

Nov 16, 2021 01:00 PM Merolagani

नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४२.१८ प्रतिशतले कम हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सको खुद बीमाशुल्क भने १४.०३ प्रतिशतले बढेर ४९ करोड ३५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ६ करोड ८० लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट २ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड २९ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब १५ करोड ३३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ४१ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८५ पैसा, प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ६६.५९ गुणा रहेको छ।

यस अवधिसम्ममा कम्पनीले ८१ हजार ५५७ वटा बीमालेख जारी गरी ८१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यस्तै, कम्पनीले १ हजार ९७७ वटा दाबी बापत २७ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ७ हजार ३७४ वटा दाबी बापत १ अर्ब ९९ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।