हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी विश्लेषण

Nov 20, 2021 06:48 PM Merolagani

यस साता हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) अर्थात एचआईडिसीएलको शेयरमूल्य ३१ रुपैयाँ घटेको छ।

#C 5# गत साताको अन्तिम कारोबार दिन ३५० रुपैयाँ अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य यस साता घटेर ३१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार यस साता सो कम्पनीको शेयरमूल्य उकालो लागेमा ३७५ रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, यस साता कम्पनीको शेयरमूल्य ओरालो लागेमा ३०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता कम्पनीको ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेको छ। यसले कम्पनीको शेयरमूल्य ओरालो लाग्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कम्पनीको शेयरमूल्य घटेपनि यस साता भोल्यूम भने बढेको छ। यस साता कम्पनीको दैनिक औषतमा ४ लाख ६२ हजार १३३ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्यूम १ लाख ८९ हजार ९७६ कित्ता रहेको छ। कम्पनीको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १४३.२६ प्रतिशत बढी हो।
कम्पनीले हालैमात्र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा २१ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ। जुन ४ प्रतिशत कम हो।

यस अवधिमा कम्पनीले सम्झौता गरेका ग्राहकबाट प्राप्त हुने आम्दानी भने बढेको छ। गत आर्थिा वर्षको यसै अवधिमा ५१ हजार मात्र रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षमा बढेर ३ लाख ४० हजार रुपैयाँ पुगेको छ। यस्तै, अन्य आम्दानी पनि सामान्य बढेर २ लाख ६० हजार पुगेको छ।

कम्पनीको वित्तीय आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४ करोड ८६ लाख रुपैयाँबाट घटेर ३३ करोड ६७ लाख रुपैयाँमा झरेको छ।

यस अवधिमा कम्पनीको कर्मचारी खर्च सामान्य घटेको छ। कम्पनीको कर्मचारी खर्च सामान्य घटेर २ करोड २ करोड ३३ लाखमा झरेको छ। सञ्चालन खर्च भने २ लाख रुपैयाँले बढेको छ।

वित्तीय विवरण अनुसार हाल कम्पनीको चुक्ता पूँजी १८ अर्ब ३७ करोड ७० लाख रुपैयाँ रहेको छ। कम्पनीले निष्काशन गरेको हकप्रद शेयर पूर्ण बिक्री भएपश्चात कम्पनीको चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीको जगेडा कोषमा १ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ सञ्चित छ।

उसको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३९ पैसाबाट घटेर ४ रुपैयाँ ६३ पैसामा झरेको छ। २२ अर्ब चुक्ता पूँजीका आधारमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ८७ पैसा कायम हुनेछ। सोही ईपीएस र यस साताको अन्तिम मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ८२.४३ गुणा रहेको छ। कम्पनीको बुकभ्यालु १०८ रुपैयाँ ९८ पैसा रहेको छ।

यस साता कम्पनीको १४ दिने आरएसआई ४०.६६ स्केलमा रहेको छ। यो न्यूट्रल जोन हो जसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश सूचकमा कम्पनीको शेयरमूल्य बियरिश रहेको देखिन्छ।

निष्काशित हकप्रद शेयर पूर्ण बिक्री पश्चात कम्पनीको २२ करोड शेयर नेप्सेमा सूचीकृत हुनेछ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ७० अर्ब १८ करोड रुपैयाँ रहनेछ। कम्पनीको ५२ हप्ताको उच्च मूल्य ६०६ रुपैयाँ रहेको छ भने न्यून मूल्य २२९ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले फियर जोनमा रहेको छ। गत साता पनि कम्पनीको शेयरमूल्य सोही जोनमा रहेको थियो। यद्यपि, मिटर अझ तल झरेको छ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्न आवश्यक छ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।