‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता

Nov 25, 2021 03:24 PM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि केही घटेको छ।

लगानीकर्ताहरु अहिले ‘पर्ख र हेर’ को रणनीति अपनाएर बसेका छन्। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा रहेका कारण उनीहरुले यस्तो रणनीति अपनाएका हुन्। आगामी दिनको बजारलाई सो समीक्षाले प्रत्यक्ष प्रभाव पर्ने भएकोले, समीक्षा पूँजीबजारमैत्री आउने हो कि होइन भन्ने पर्खाइमा बसेका हुन्।

बिहीबार नेप्से परिसूचक ३.२२ अंक घटेर २७३१.७८ विन्दुमा झरेको छ। यद्यपि, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ। यस दिन २३३ कम्पनीको ४७ हजार ११३ पटकको कारोबारमा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँ बराबरको ७४ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.२७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ८.१७ प्रतिशत बढेको छ। यस कम्पनीको शेयर आजदेखि दोस्रो बजारमा कारोबार शुरु भएको हो।

यस दिन मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.९३ प्रतिशत घटेको छ। त्यसैगरी, साना किसान विकास लघुवित्तको शेयरमूल्य ५.०८ प्रतिशत घटेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको करिब ५ प्रतिशत घटेको छ।

कारोबार रकममा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ५७ लाख १३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन महालक्ष्मी विकास बैंकको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिभिल बैंकको करिब १५ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.९१ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको ०.७६ प्रतिशत र बैंकिङ्गको ०.५४ प्रतिशत बढेको छ।

यस दिन व्यापार, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।