सातामा करिब साढे ५ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Dec 04, 2021 07:42 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ। अघिल्लो साता २७३१.७८ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.३३ प्रतिशत अर्थात १४५.५९ अंक घटेर २५८६.१९ विन्दुमा बन्द भएको छ।

यस साता सेन्सेटिभ इण्डेक्स २८.१२ अंक घटेर ४८७.५२ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स १०.०२ अंक घटेर १७८.३३ विन्दुमा र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.२८ अंक घटेर १५८.४८ विन्दुमा झरेको छ।

यस साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएकोमा यस साता दैनिक औषतमा ३ अर्ब ८१ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबाररकम ६.८५ प्रतिशत घटेको हो।

कारोबार रकम घटेपनि यस साता औषत शेयर संख्या भने बढेको छ। गत साता दैनिक औषतमा ७५ लाख कित्ता शेयर किनबेच भएकोमा यस साता ७९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ५ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३८ खर्ब ३४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५.१७ प्रतिशत अर्थात १ खर्ब ९८ अर्ब घटेर ३६ खर्ब ३५ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक घटेको छ भने म्युचुअल फण्डको सबैभन्दा कम घटेको छ।

यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ९.०८ प्रतिशत घटेको छ। गत साता ५२३०.८७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ४७५५.९७ विन्दुमा झरेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक घटेको छ। गत साता १४ हजार ६९६.९५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ९६०.०९ अंक घटेर १३ हजार ७३६.८६ विन्दुमा झरेको छ।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम २.५१ प्रतिशत घटेको छ। गत साता १५.५१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ०.३९ अंक घटेर १५.१२ विन्दुमा झरेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेपाल एसबिआई बैंक, सामलिङ्ग पावर कम्पनी, तारागाउँ रिजेन्सी होटल, जनरल इन्स्योरेन्स लगायतका कम्पनी मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, यस साता उन्नती सहकार्य लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, नबिल ब्यालेन्स्ड फण्ड २ लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।