व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Dec 08, 2021 05:40 PM Merolagani



हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे एघाराैँ भाग यहाँ प्रस्तुत गरिएकाे छ।

अध्याय १३ः केही प्रख्यात संख्या

यहाँ ध्यान दिनुपर्ने विभिन्न संख्याहरु दिइएका छन्ः

बिक्रीको प्रतिशत

यदि तपाई कुनै एक उत्पादनका कारण कुनै कम्पनीमा रुची राख्नुहुन्छ भने, तपाईले सबैभन्दा पहिला यो बुझ्नु पर्छ कि सो उत्पादनले कम्पनीलाई के अर्थ राख्छ? अर्को शब्दमा भन्नुपर्दा, यसको व्यापार हिस्सा कति छ?

मूल्य आम्दानी अनुपात

उचित मूल्य भएको कुनै पनि कम्पनीको मूल्य आम्दानी अनुपात यसको आय वृद्धिदर बराबर हुनेछ। यदि कम्पनीको यस्तो अनुपात वृद्धिदरभन्दा कम छ भने, तपाईले आफ्नो एक सम्झौता फेला पर्नु भएको हुनसक्छ। आम्दानीको वृद्धिदरभन्दा मूल्य आम्दानी अनुपात आधा छ भने त्यो सकारात्मक हो, र दोब्बर छ भने त्यो नकारात्मक हो।

ऋणको कुरा

वित्तीय शक्ति निर्धारण गर्ने एक द्रुत तरिका भनेको ऋणलाई इक्विटीसँग तुलना गर्नु हो। कम्पनीको स्वामित्व कति छ र ऋण कति छ? यो एक व्यक्तिगत ऋण र इक्विटीको अवस्थाभन्दा भिन्न छैन। उदाहरणको लागि, यदि तपाईले ४ लाख डलरमा घर खरिद गर्नुभयो र अझै बैंकमा १ लाख डलर तिर्न बाँकी छ भने, तपाईको ऋण १ लाख डलर भएका कारण तपाईको इक्विटी ३ लाख हुन्छ, तपाईको डेब्ट टु इक्विटी रेशियो ०.२५ अथवा २५ प्रतिशत हुन आउँछ।

बलियो वासलातमा ऋणको हिस्सा १ प्रतिशत र इक्विटीको ९९ प्रतिशत हुनुपर्छ। अर्कोतर्फ कमजोर वासलातमा ८० प्रतिशत ऋण इक्विटी २० प्रतिशत हुनेछ।

टर्नअराउण्ड र नयाँ कम्पनीहरुको ऋण अवस्थामा तपाईले विशेष ध्यान दिनुपर्नेछ। तर त्यो भन्दा महत्वपूर्ण उनीहरुको ऋण कुन प्रकारको हो। त्यो बैंकको ऋण हो कि फण्डेड ऋण हो।

बैंक ऋण सबैभन्दा खराब ऋण हो र मागका कारण सिर्जना भएको हो। कमर्सियल पेपर बैंक ऋणजस्तै हो, जुन एक कम्पनीले अर्कोलाई छोटो समयका लागि दिइन्छ। महत्वपूर्ण कुरा यो छ कि यो धेरै चाँडै र कहिलेकाहीँ कम पनि बाँकी हुन्छ।

फण्डेड ऋण शेयरधनीहरुको दृष्टिकोणबाट सबैभन्दा उत्तम हो र ब्याज तिर्न जारी राखेसम्म कहिल्यै बोलाउन सकिँदैन। फण्डेड ऋण सामान्यतया लामो परिपक्वतासँग नियमित कर्पोरेट बण्डको रुपमा लिइन्छ। चाहे जेसुकै होस्, बैंकलेजस्तै बण्डधनीले आफ्नो पूँजीको तत्काल भुक्तानी माग्न सक्दैन, यसको सट्टा उनीहरुलाई पुट अप्सन दिइएको हुन्छ, जसलाई बण्डधनीले दिइएको मूल्यमा बिक्री गर्न सक्ने अधिकार दिइएको हुन्छ।

लाभांश

लाभांश वितरण गर्ने कम्पनीहरुको पक्षमा दुई बलिया तर्कहरु छन्ः जुन कम्पनीहरु लाभांश वितरण गर्दैनन्, उनीहरुसँग अनावश्यक अधिग्रहणको एक स्ट्रिंगमा पैसा उडाउन निराशाजनक इतिहास छ र यदि लाभांश वितरण गर्न सक्दैनन् भने पनि लाभांश वितरण गर्ने स्टकको मूल्य घट्नबाट रोक्न सक्छ।

फास्ट ग्रोइङ्ग, आक्रमक नयाँ कम्पनीहरु जो लाभांश वितरण गर्दैनन् उनीहरु निकै छिटो बढ्ने सम्भावना हुन्छ किनभने उनीहरु विस्तारमा पैसा लगाइरहेका हुन्छन्।

‘कम्पनीहरुले शेयर जारी गर्ने पहिलो कारण भनेको उनीहरुले आफ्नो विस्तारलाई बैंकको ऋण आफुमा भार नपर्ने गरी फाइनान्स गर्न सक्नु हो। म कुनै दिन पुराना लाभांश वितरण गर्ने कम्पनीभन्दा आक्रमक ग्रोअरहरु लिन चाहन्छु।’

के यसले तिर्नसक्छ?

यदि तपाई लाभांशका लागि कुनै स्टक खरिद गर्ने योजना बनाइराख्नु भएको छ भने, त्यो कम्पनीसँग नराम्रो र मन्दीको समयमा पनि लाभांश वितरण गर्ने क्षमता छ कि छैन भन्ने पत्ता लगाउनुहोस्। २० अथवा ३० वर्षदेखि निरन्तर लाभांश वृद्धि गर्ने कम्पनी तपाईको लागि राम्रो दाउ हुन सक्छ।

बुकभ्यालु

बुकभ्यालु पत्ता लगाउन सजिलो संख्या हो तर यसको महत्व कति छ भन्ने विस्तृत रुपमा बुझ्न जरुरी छ। बुकभ्यालुले कहिलेकाहीँ कम्पनीको वास्तविक मूल्यसँग पनि सम्बन्ध राख्दछ। यसले प्रायः ठूलो अन्तरमा वास्तविकतालाई कम यो बढी हो बताउँछ।

‘तपाई अन्तिम उत्पादन प्राप्त गर्न जति नजिक पुग्नुहुन्छ, त्यसको रिसेल भ्यालु अनुमान गर्न गाह्रो हुन्छ। हामी सबैलाई थाहा छ कपासको भ्यालु कति छ, तर अरेन्ज कटन सर्टको बारेमा को निश्चित हुनसक्छ? तपाईले एक फलामको बारले के प्राप्त गर्न सक्नुहुन्छ, तर एक फ्लोर ल्याम्पको भन्दा बढी के को भ्यालु हुन्छ?’

जब सन् १९८५ मा वारेन बफेटले न्यू बेडफोर्ड टेक्सटाइल प्लानलाई बन्द गर्ने घोषणा गरे, तब उनलाई यो आशा थियो कि लुम मशिन बिक्रीबाट केही प्राप्त हुन्छ, जसको बुकभ्यालु ८ लाख ६६ हजार डलर थियो। त्यस मशिनको बिक्रीले केबल १ लाख ६३ हजार डलर भित्र्यायो।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।