नेप्से एक प्रतिशत घट्यो, कारोबार रकममा पनि गिरावट

May 19, 2022 03:22 PM Merolagani

बिहीबार नेप्से परिसूचक १ प्रतिशत घटेको छ। यस दिन नेप्से परिसूचक २३.५१ अंक अर्थात १.०३ प्रतिशत घटेर २२५०.९१ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.८८ अंक घटेको छ भने १.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २१९ स्टकको २३ हजार ५६९ पटकको कारोबारमा १ अर्ब ३० करोड ९ लाख रुपैयाँ बराबरको ३७ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३२ करोडको शेयर कारोबार भएको थियो।

यस दिन जनरल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ७.४५ प्रतिशत बढेको छ। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ। यता कारोबारमा आएको लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ७.०८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन यूनियन हाइड्रोपावर र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको १२ करोड ८१ लाख ७९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया लघुवित्तको संस्थापक शेयरको ५ करोड ७ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०.११ अंक बढेको छ। यस साता विकास बैंक र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।