बुक बिल्डिङ्ग प्रक्रियाबाट आईपीओको मूल्य निर्धारण गर्न सर्वोत्तम सिमेन्टले बोलायो ‘रोड सो’

Jun 16, 2022 09:44 AM Merolagani



सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत धितोपत्रको सार्वजनिक निष्काशनका लागि आशय मूल्य प्राप्त गर्न ‘रोड सो’ अर्थात छलफल कार्यक्रम डाकेको छ।

कम्पनीले असार १९ गते, र्याडिसन होटल, बेगनास हल, लाजिम्पाटमा दिनको ३ः१५ मा सो कार्यक्रम डाकेको हो। सो कार्यक्रममा नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत प्राप्त संस्थाहरुले सहभागिता जनाउन सक्नेछन्। योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङ्कनको विधि सहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सो सहित उपस्थित हुन कम्पनीले अनुरोध गरेको छ।

कम्पनीले बुक बिल्डिङ्ग विधि माफृत धितोपत्र सार्वजनिक निष्काशन गर्न लागेको र बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (७) उपदफा (१) बमोजिम प्रारम्भिक विवरणपत्रमा योग्य संस्थागत लगानीकर्ताहरु सहभागी गराई सोही निर्देशिकाको दफा (८) को व्यवस्था अनुसार सो कार्यक्रमको आयोजना गरिएको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।