२२० स्टकको मूल्य बढ्दा करिब ७५ अंक बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

Jun 30, 2022 03:26 PM Merolagani

बिहीबार २२० स्टकको मूल्य बढ्दा नेप्से परिसूचक करिब ७५ अंक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ७४.९३ अंक बढेर २०३७.६४ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २२७ स्टकको ४७ हजार ३९२ पटकको कारोबारमा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको ७२ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब ४३ करोडको मात्र शेयर कारोबार भएको थियो।

नेप्से उच्च अंकले बढेसँगै यस दिन ६ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सूर्योदय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, रिलायन्स फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बरुण हाइड्रोपावर, गुराँस लघुवित्तको शेयरमूल्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको करिब ६ करोडको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३१ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

comments powered by Disqus