नेपाल एसबिआईको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थप

Jul 12, 2022 08:39 AM Merolagani



नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिन म्याद पुनः थप भएको छ। बैंकले यस अघि असार २६ गते निष्काशन बन्द हुने भनिएको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’, सो दिन बकर इदका सार्वजनिक बिदा परेका कारण निष्काशन अवधि एक दिनका थप गरेको थियो।

निष्काशन अवधिभर पूर्ण आवेदन नपरेका कारण बैंकले ऋणपत्रमा आवेदन दिने म्याद पुनः थप गरेको हो। सो ऋणपत्रमा अब साउन ४ गतेसम्म अवोदन दिन सकिनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन्।

सो ऋणपत्र खरिदका लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।