कृषि विकास बैंकको वितरणयोग्य नाफा करिब ४ अर्ब, खुद नाफा कति?

Aug 04, 2022 04:18 AM Merolagani

कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा करिब ४ अर्ब रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा बैंकले २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि खुद ट्रेडिङ्ग आम्दानी ऋणात्मक भएसँगै बैंकको खुद नाफामा दबाब पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत र सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ २१ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ०.३१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २.२६ प्रतिशत र कर्जा १८.५४ प्रतिशत बढेको छ।

comments powered by Disqus

यसकारण बजारमा आयाे राैनक, अब बजार बढ्ने नै हाे त ?

Nov 26, 2023 03:22 PM

साताको पहिलो कारोबार दिन बजारमा आज उछाल आएको छ । आज बजार बढेर १९०७‍.९५ विन्दुमा पुगेकाे छ । यसअघि बजारका लागि सकारात्मक समाचारहरु आए पनि खासै उत्साह आउन सकिरहेको थिएन ।