जानकी फाइनान्सको नाफा र ईपीएस दुबै बढ्यो

Aug 05, 2022 10:58 AM Merolagani



जानकी फाइनान्स लिमिटेड (JFL) गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले ४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै फाइनान्सको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६७.५१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १३.८३ प्रतिशत घटेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी ६३.८३ प्रतिशत र सञ्चालन मुनाफा ३२.१३ प्रतिशत बढेको छ।

नाफा बढेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी १ रुपैयाँ ५ पैसा बढेर ६ रुपैयाँ २४ पैसा पुगेको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ५९.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा रहेको छ।

समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी १५ प्रतिशत बढेको छ भने जगेडा कोष १६.०१ प्रतिशत घटेको छ। त्यसैगरी, फाइनान्सको निक्षेप ४.६६ प्रतिशत घटेको छ भने कर्जा २७.४२ प्रतिशत बढेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।