रिडी र रैराङ हाइड्रोपावरको एकिकृत कारोबार शुरु

Aug 08, 2022 08:22 AM Merolagani



रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RHPC) र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले मर्जरपश्चात एकिकृत कारोबार शुरु गरेका छन्। यी दुबै कम्पनीले गत असार ३१ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो।

२०७८ कात्तिक १२ गते सम्पन्न रिडी हाइड्रोपावरको २० साधारण सभा र २०७८ कात्तिक १७ गते सम्पन्न रैराङ हाइड्रोपावरको १७ औँ वार्षिक साधारण सभाले रैराङ हाइड्रोपावर (RRHP) लाई रिडी हाइड्रोपावरमा गाभ्ने प्रस्ताव पारित गरेको थियो। एक्विजिशनपश्चात यी दुई कम्पनीहरुले रिडी पावर कम्पनीको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन्। कम्पनीको रजिष्टर्ड कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौँमा रहेको छ।

विद्युत नियमन आयोग तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरको लागि गत असार ३० गते अन्तिम स्वीकृत पाएको थियो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।