साना किसानको नाफा सामान्य बढ्यो, ईपीएस कति?

Aug 11, 2022 08:23 AM Merolagani



साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड ८३ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६० करोड ३१ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.०१ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १०.६६ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा १६.३९ प्रतिशत बढेको छ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ९१ पैसा घटेर ४५ रुपैयाँ २८ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ ८ पैसा रहेको छ।

१ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको सापटी २४.५३ प्रतिशत र कर्जा २२.७३ प्रतिशत बढेको छ।




रास्वपाद्वारा समानुपातिकतर्फका ५७ सांसदको नाम टुङ्गो, ४८ जना महिला, को को परे ? (सूचीसहित)

Mar 15, 2026 02:31 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।