गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सञ्चालन मुनाफा घटेपनि खराब कर्जा उठाउन सफल हुँदा लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.०७ प्रतिशत र सञ्चालन मुनाफा ७.१८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत र अन्य सञ्चालन आम्दानी १०.६३ प्रतिशत बढेको छ।
खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ ३० पैसा घटेर ३३ रुपैयाँ ८३ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ २७ पैसा रहेको छ।
१७ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको सापटी १८.४६ प्रतिशत, निक्षेप ४१.४६ प्रतिशत र कर्जा २८.६३ प्रतिशत बढेको छ।
