राइट ब्याकले बढायो मानुषी लघुवित्तको नाफा

Aug 12, 2022 11:03 AM Merolagani



मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा ऋणात्मक रहेपनि उल्लेख्य खराब कर्जा उठाउन सफल हुँदा लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.०५ प्रतिशत र कुल सञ्चालन आम्दानी ६४.२१ प्रतिशत बढेको छ। लघुवित्तले सम्भावित जोखिम बापत १४ करोड रुपैयाँ व्यवस्था गर्दा सञ्चालन मुनाफा भने ९ करोड ७४ लाख रुपैयाँ ऋणात्मक भएको छ। यद्यपि, १३ करोड ४६ लाख रुपैयाँ खराब कर्जा उठाएका कारण नाफा बढेको छ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ९७ पैसा बढेर २१ रुपैयाँ ९८ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.६ गुणा रहेको छ।

१० करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको सापटी ५८.१४ प्रतिशत, निक्षेप १९.९२ प्रतिशत र कर्जा ५३.१० प्रतिशत बढेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।