मन्दाकिनी, श्वेतगंगा र अपर सोलुको शेयर नेप्सेमा सूचीकृत, आजदेखि कारोबार गर्न सकिने

Aug 17, 2022 08:36 AM Merolagani

साउन ३१ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मन्दाकिनी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको शेयर सूचीकृत भएको छ। सूचीकृत भएसँगै भदौ १ गते अर्थात आजदेखि कम्पनीको शेयर कारोबार गर्न सक्ने भएको छ।

सो दिन मन्दाकिनी (MHL) को ५८ लाख ८० हजार ३६९ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्काशन गरेको ५ लाख ८८ हजार ३७ कित्ता, सर्वसाधारणका लागि निष्काशन गरेको ११ लाख ७६ हजार ७३ कित्ता र संस्थापकहरुले लगानी गरेको ४१ लाख १६ हजार २५९ कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०२ रुपैयाँदेखि ३०६ रुपैयाँ सम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कारोबारको लागि कम्पनीलाई नेप्सेले एमएचएल स्टक टिकर प्रदान गरेको छ।

त्यसैगरी, श्वेतगंगा (SGHC) को १ करोड ५९ लाख ३० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्काशन गरेको १५ लाख ९३ हजार कित्ता, सर्वसाधारणका लागि निष्काशन गरेको ३१ लाख ८६ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ११ लाख ५१ हजार कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८९ रुपैयाँ ८८ पैसादेखि २६९ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कारोबारको लागि कम्पनीलाई नेप्सेले एसजिएचसी स्टक टिकर प्रदान गरेको छ।

सो दिन अपर सोलु (USHEC) को १ करोड ३५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्काशन गरेको १३ लाख ५० हजार कित्ता, सर्वसाधारणका लागि निष्काशन गरेको १९ लाख ५७ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड १ लाख ९२ हजार ५०० कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०८ रुपैयाँ २१ पैसादेखि ३२४ रुपैयाँ ६३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कारोबारको लागि कम्पनीलाई नेप्सेले यूएसएचईसी स्टक टिकर प्रदान गरेको छ।
यही ओपनिङ्ग रेञ्जको आधारमा यी कम्पनीहरुको शेयर कारोबार आजको स्पेशल प्रि ओपन सेसनमा खुल्नेछ।

comments powered by Disqus