विद्युत बिक्री आम्दानी बढेपनि किन घट्यो दिव्यश्वरीको नाफा

Nov 10, 2022 09:48 AM Merolagani



दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

समीक्षा अवधिमा कम्पनीको नाफा ७४.८७ प्रतिशत घटेर ७ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेपनि वित्तीय खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८.०९ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ८.०७ प्रतिशत बढेको छ भने कुल नाफा १७.२० प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६.६४ प्रतिशत बढेको छ जसका कारण नाफा घट्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८३ पैसा घटेर २८ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५७४.३ गुणा रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।