उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सप्तरी २मा सीके राउत विजयी

Nov 23, 2022 04:24 PM Merolagani

सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)  विजयी भएका छन् ।

उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउतले संसदको यात्रा तय गरेका हुन । राउतले ३५ हजार ४२ मत ल्याए भने यादवले १६ हजार ९६९ मत पाएका थिए ।

comments powered by Disqus

अपर तामाकोशीको शेयर ‘कट अफ प्राइस’ नजिक

Jun 26, 2024 03:25 PM

अपर तामाकोशीको शेयर कट अफ प्राइस नजिक आउने सुरसार गरेको छ । निरन्तर रुपमा घटेर आज (बुधबार) तामाकोशीको शेयर १५५ रुपैयाँ किनबेच भएको छ । अपर तामाकोशीको लिलामीको कट अफ प्राइस एक सय ४७ रुपैयाँ आएको थियो ।