गत साता करिब २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Dec 18, 2022 06:03 AM Merolagani



गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेको थियो। अघिल्लो साता १९१७.२८ विन्दुमा रहेको नेप्से, गत साता १.८१ प्रतिशत अर्थात ३४.६८ अंक घटेर १८८२.६० विन्दुमा बन्द भएको हो।

साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। यस साताको दोस्रो कारोबार दिन अर्थात सोमबार बाहेक अन्य सबै कारोबार दिन बजार नकारात्मक भएर बन्द भएको थियो।

यस अनुसार आगामी दिनमा नेप्से उकालो लागेमा २२०० विन्दुमा प्रतिराधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बिक्रीकर्ता हाबी भएको छ। साप्ताहिक रुपमा पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको छ। यदि पछिल्लो दुई मैनबत्तीलाई लिने हो भने यसले बियरिश इन्गल्फिङ्ग प्याटर्न बनाएको देखिन्छ। यसले आगामी दिनमा बिक्रीकताहरु अझ हाबी हुने संकेत गर्दछ।

यस साता नेप्सेको २० दिने इएमए, ५० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिनहरुमा यी दुई बीचको दूरी बढ्दै गएको छ। जसले बजार नकारात्मक क्षेत्रमा रहेको जनाउछ।

गत साता नेप्सेको एमएसिडी लाइन, सिग्नल लाइनभन्दा तल रहेको छ। यसका साथै एमएसिडी लाइन नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल झरेको छ। नेप्सेको हिष्टोग्राम पनि नकारात्मक भएको छ। यसले बजार बियरिश भएको संकेत गर्दछ। अघिल्लो साता एमएसिडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेर तल लागेको थियो। जुन बियरिश क्रशओभर हो। यसले आगामी दिनमा बजार घट्ने संकेत गर्दछ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ४०.३२ स्केलमा रहेको छ। यो न्यूट्रल जोन हो। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। यद्यपि, आरएसआई बिस्तारै ओभरसोल्ड जोनतर्फ गइरहेको छ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ३ करोडको शेयर कारोबार भएको छ। जबकि नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब २२ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम १५.८५ प्रतिशत कम हो। घट्दो बजारमा कमजोर भोल्यूमलाई राम्रो मानिन्छ। यसले बजार घटेपछि लगानीकर्ताहरु शेयर बिक्री गर्न नचाहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलागानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।