साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ रिडी पावरले कहिले गर्दैछ बुकक्लोज?

Jan 18, 2023 12:07 PM Merolagani



रिडी पावर कम्पनी लिमिटेड (RIDI) ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

कम्पनीले माघ १८ गते एक दिनका लागि बुकक्लोज गर्ने घोषणा गरेको छ। यस अनुसार माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।