गत साता करिब साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jan 23, 2023 06:10 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेको थियो। अघिल्लो साता २१४९.३९ विन्दुमा बन्द भएको नेप्से, गत साता १.३७ प्रतिशत अर्थात २९.४२ अंक बढेर २१७८.८१ विन्दुमा पुगेको हो।

गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक दिन घटेर बन्द भएको थियो।

यस साता नेप्से परिसूचक उकालो लागेमा २२२५ देखि २२९० विन्दुका बीचमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २०८० देखि २११५ विन्दुका बीचमा टेवा पाउने देखिन्छ। यस साता नेप्से ओरालो लागेर २०८० विन्दुभन्दा तल झरेमा लगानीकर्ताहरुले स्टप लसको रणनीति अपनाउन सक्नेछन्।

अन्योलमा लगानीकर्ता

यस साता साप्ताहिक रुपमा नेप्सेले स्पिनिङ्ग टप मैनबत्ती बनाएको छ भने साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

बुलिश ट्रेण्ड

प्राविधिक विश्लेषणको एक उपकरण सुपर ट्रेण्ड अनुसार यस साता पनि नेप्से बुलिश ट्रेण्डमा नै रहेको देखिन्छ।

भोल्यूमको साथ

यस साता नेप्सेलाई भोल्यूमले साथ दिएको छ। यस साताको दैनिक औषत कारोबार रकम २० दिने औषत कारोबार रकमभन्दा बढी रहेको छ। यस साता दैनिक औषतमा ३ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिन औषत भोल्यूम ३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। सूचकसँगै भोल्यूम बढेमा सो वृद्धिलाई बलियो मानिन्छ।

घट्दै हिस्टोग्राम

यस साता एमएसिडीमा हिस्टोग्राम घट्दै गएको छ। यद्यपि, यो शून्य रेखाभन्दा माथि नै रहेको छ। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। यसले बजार अझै बुलिश रहेको संकेत गर्दछ।

बिक्रीचाप बढी

यस साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले बजारमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ। यद्यपि, आरएसआई विस्तारै न्यूट्रल जोनतर्फ झरिरहेको छ। स्टकास्टिक आरएसआईमा २० देखि ८० स्केलसम्मको क्षेत्रलाई न्यूट्रल जोन भनिन्छ। जसले बजारमा खरिदबिक्री चाप सन्तुलनामा रहेको संकेत गर्दछ।

(यहाँ प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।