गत साता ४ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Feb 05, 2023 05:45 AM Merolagani



गत साता नेप्से परिसूचक ४ प्रतिशत घटेको छ। अघिल्लो साता २१८३.२१ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.०६ प्रतिशत अर्थात ८८.६७ अंक घटेर २०९४.५४ विन्दुमा झरेको छ।

साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन सामान्य अंक बढेको छ।

यस अनुसार आगामी दिनमा नेप्से ओरालो लागेमा २०५० देखि २०८० क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, नेप्से उकालो लागेमा भने २२०० देखि २२२५ सम्मको क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। आगामी दिनमा नेप्से २०५० विन्दुभन्दा तल झरेमा लगानीकर्ताहरुले स्टप लस रणनीति अपनाउन सक्नेछन्।

बियरिश ट्रेण्ड

प्राविधिक विश्लेषणको उपकरण सुपर ट्रेण्ड अनुसार नेप्से अहिले बियरिश ट्रेण्डमा रहेको छ। यस साताको पहिलो कारोबार दिन नै यस्तो ट्रेण्ड देखिएको हो।

बिक्री चाप बढी

साताको अन्तिम कारोबार दिन र साप्ताहिक रुपमा नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले बजारमा गत साता समग्र रुपमा बिक्री चाप बढी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ६० करोडको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३१.२१ प्रतिशत कम हो। घट्दो बजारमा घट्दो भोल्यूमले लगानीकर्ताहरु सस्तो मूल्यमा शेयर बिक्री गर्न नचाहेको संकेत गर्दछ।

बियरिश क्रशओभरपछि घटेको बजार

गत साताको अन्तिम कारोबार दिन नेप्सेले एमएसिडीमा बियरिश क्रशओभर बनाएको थियो। सोपश्चात नेप्से निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ। नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। नेप्सेको हिस्टोग्राम पनि गत साता नकारात्मक क्षेत्रमा रहेको छ।

न्यूट्रल जोनमा आरएसआई

गत साताको पहिलो कारोबार दिन ओभरबट जोनमा रहेको स्टकास्टिक आरएसआई, दोस्रो कारोबार दिनदखि न्यूट्रल जोनमा झरेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यहाँ प्रयोग भएका चित्रहरु सबै मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।